तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी

455
shares

नेकपा एमाले दैलेखको नेतृत्व चयनका लागि मतगणना जारी छ । ७२१ जम्मा मताधिकार रहेको दैलेखमा ६८४ खसेको थियो । खसेका मत मध्ये अहिले सम्म ३०० मत गणना भएको निर्वाचन अधिकृत शाहले  जानकारी दिए ।

गणना भएका मतका आधारमा रविन्द्रराज शर्मा अगाडि छन् । शर्माले १८६ मत ल्याउँदा उनका प्रत्यासी सुर्यबहादुर शाहीले १११ मत ल्याएका छन् । शाही भन्दा शर्मा ७५ मत अगाडि छन् । यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा अगाडि छन् । बुढाले १६६ मत ल्याउँदा उनका प्रत्यासी टोपबहादुर विसीले ८८ मत ल्याएका छन् ।

सचिवमा युवा नेता रुद्र शाहीको १२९ मत रहेको छ भने उनका प्रत्यासी तिलक प्रसाद रिजालको रिजाल १६६ मत रहेको निर्वाचन अधिकृत शाहले जानकारी दिए । अपरान्ह चार बजे देखि सुरु भएको मतगणना साँझ १० बजे सम्म सकिने उनको भनाइ छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports