kumari
stcnepal

अमेरिका र युरोपेली कम्पनीका सयौं बिमान रूसको कब्जामा

एजेन्सी । नयाँ कानून बनाएर रुसले आफ्नो देशका वायु सेवा कम्पनीलाई भाडामा विमान दिएका अमेरिका र युरोपेली कम्पनीका सयौं विमान कब्जा गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सरकारको प्रतिबन्ध विरोधी उपाय सम्बन्धी कानूनमा हस्ताक्षर गरेका छन् । यो कानून अनुसार अब रूसी एयरलाइन्स कम्पनीले विदेशी कम्पनी बाट भाडामा लिएका विमान रूसमा दर्ता गर्न अनुमति दिएको छ । ती विमान रुसी एयरलाइन्सले आन्तरिक रुटमा उडाउन पाउने छन् ।

युक्रेनमा आक्रमण गरेपछि लागेको प्रतिबन्धका कारण रुसी एयरलाइन्स कम्पनीले भोगेका चुनौति सामना गर्ने उपाय खोज्ने क्रममा रुसले कानून नै बनाएर अमेरिका र युरोपका भाडामा विमान दिने कम्पनीका विमान कब्जा गरेको हो ।

अमेरिका र युरोपका केही देशले रुस माथि प्रतिबन्ध लगाएका छन् । जुन प्रतिबन्ध अनुसार रुसी वायु सेवा कम्पनीलाई भाडामा विमान दिने अमेरिकी र युरोपेली कम्पनीले एक महिना भित्रमा फिर्ता गर्नु पर्ने छ । तर रुसले बनाएको नयाँ कानून अनुसार अब विदेशी कम्पनीहरूलाई रूसी सरकारको स्वीकृति बिना आफ्ना विमान पुनः दाबी गर्न कठिन भएको छ।

 

 

 

footer