kumari
stcnepal

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे छलफल गर्न विप्लवले केन्द्रीय समिति बैठक गराउदै

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान देखि बैठक सुरु हुने सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिए । प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग बारे प्रस्ताव गरेका थिए । fउक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।

चुनावमा जानु पर्नेमा विप्लव र विश्वकर्मा एकमत रहे पनि को सँग मिलेर जाने भन्नेमा उनीहरु बीचमै मतभिन्नता छ । विश्वकर्मा एमाले सँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् भने विप्लव खुलिसकेका छैनन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादी सँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने ठानिएको छ ।

 

 

 

 

footer