सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे छलफल गर्न विप्लवले केन्द्रीय समिति बैठक गराउदै

546
shares

काठमाडौं । स्थानीय तह निर्वाचनमा पार्टीको भूमिका बारे छलफल गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक बस्दै छ । कपिलवस्तुको शिवगढीमा शुक्रबार बिहान देखि बैठक सुरु हुने सचिवालय सदस्य धर्मेन्द्र वास्तोलाले जानकारी दिए । प्रवक्ता खड्गबहादुर विश्वकर्माका अनुसार बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई उपयोग वा बहिस्कार गर्ने भन्नेबारे बैठकले नीतिगत निर्णय गर्ने छ ।

गत २६ फागुनमा सम्पन्न भएको सचिवालय बैठकमै महासचिव विप्लवले चुनाव उपयोग बारे प्रस्ताव गरेका थिए । fउक्त प्रस्तावबारे नेकपाको उच्च तहमै समान मत छैन । पाँच सदस्यीय सचिवालय बैठकमा विप्लवको प्रस्तावको पक्षमा प्रवक्ता विश्वकर्मा मात्रै उभिएका थिए । वास्तोला र हेमन्तप्रकाश वली ‘सुदर्शन’यसको विपक्षमा थिए । अर्का सचिवालय सदस्य सन्तोष बुढामगर भने तटस्थ बसेका थिए । पार्टीमा विप्लव र प्रवक्ता विश्वकर्माको पडक भएकाले केन्द्रीय समिति बैठकले चुनाव उपयोगको नीति लिने अनुमान गरिएको छ ।

चुनावमा जानु पर्नेमा विप्लव र विश्वकर्मा एकमत रहे पनि को सँग मिलेर जाने भन्नेमा उनीहरु बीचमै मतभिन्नता छ । विश्वकर्मा एमाले सँग तालमेल गरेर जानुपर्ने पक्षमा छन् भने विप्लव खुलिसकेका छैनन् । माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा सँग विप्लवको नियमित भेटघाट भइरहेकाले विप्लवले माओवादी सँगै मिलेर जानुपर्ने विचार राख्नसक्ने ठानिएको छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports