kumari
stcnepal

टेलिकमले २० प्रतिशत सम्म डेटा सेवाको शुल्क घटाउने

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने भएको छ । टेलिकमले हाल विभिन्न अवसरमा दिइएका अफरहरुलाई नै स्थायी गरेर १५ देखि २० प्रतिशत सम्म  शुल्क बढाउने तयारी गरेको हो ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायव प्रवन्ध निर्देशक संगीता पहाडीले होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको बताइन् । त्यसले मेन ब्यालेन्स बाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशत मूल्य घट्ने उनको दावी छ ।

प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रति एमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४/५ पैसामै दिन सकिने अवस्था रहेको उनले बताइन् । पछिल्लो दुई वर्षमा डेटाको मूल्य २५ प्रतिशत सम्म घटाएको भन्दै उनले अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्दा महंगो लागत रहेकाले शुल्क घटाउन सकस परेको बताइन् ।

टेलिकमको कूल आयको २५ प्रतिशत हिस्सा नवीकरण शुल्कमा खर्च हुने गरेको भन्दै उनले  शुल्क समेत महँगो भएकाले लागत घटाउन नसकेको बताइन् ।

 

 

 

footer