प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

टेलिकमले २० प्रतिशत सम्म डेटा सेवाको शुल्क घटाउने

598
shares

काठमाडौं । नेपाल टेलिकमले इन्टरनेट डेटा सेवाको शुल्क घटाउने भएको छ । टेलिकमले हाल विभिन्न अवसरमा दिइएका अफरहरुलाई नै स्थायी गरेर १५ देखि २० प्रतिशत सम्म  शुल्क बढाउने तयारी गरेको हो ।

शुक्रवार काठमाडौंमा भएको एक कार्यक्रममा टेलिकमकी प्रमुख व्यावसायिक अधिकृत तथा नायव प्रवन्ध निर्देशक संगीता पहाडीले होली, नयाँ वर्ष लगायत विभिन्न चाडपर्व, दिवस र अवसरका बेला दिइएका अफरहरूलाई स्थायी बनाउन दूरसञ्चार प्राधिकरणमा प्रस्ताव गरेको बताइन् । त्यसले मेन ब्यालेन्स बाट चल्ने डेटा शुल्क १५ देखि २० प्रतिशत मूल्य घट्ने उनको दावी छ ।

प्याकेज नलिई इन्टरनेट चलाउँदा प्रति एमबीपीएस एक रुपैयाँ पर्ने गरेकोमा स्किमहरु किन्दा ४/५ पैसामै दिन सकिने अवस्था रहेको उनले बताइन् । पछिल्लो दुई वर्षमा डेटाको मूल्य २५ प्रतिशत सम्म घटाएको भन्दै उनले अन्तर्राष्ट्रिय ब्यान्डविथ खरिद गर्दा महंगो लागत रहेकाले शुल्क घटाउन सकस परेको बताइन् ।

टेलिकमको कूल आयको २५ प्रतिशत हिस्सा नवीकरण शुल्कमा खर्च हुने गरेको भन्दै उनले  शुल्क समेत महँगो भएकाले लागत घटाउन नसकेको बताइन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports