kumari
stcnepal

दक्षिण एसियाली मुलुक मध्ये नेपाल सबैभन्दा खुसी राष्ट्र बन्यो

संयुक्त राष्ट्रसंघले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको छ ।शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्ष देखि उक्त देश सर्वाधिक खुशी राष्ट्रको सूचीमा परेको हो । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ ।

गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुशी देशको सूचीमा बंगलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ । सूचीअनुसार चीन नेपाल भन्दा तीन स्थान माथि अर्थात् ८२औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

फिनल्यान्ड पछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।

 

 

 

footer