तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दक्षिण एसियाली मुलुक मध्ये नेपाल सबैभन्दा खुसी राष्ट्र बन्यो

533
shares

संयुक्त राष्ट्रसंघले विश्व खुशी प्रतिवेदन सार्वजनिक गरेको छ ।शुक्रवार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएको छ । लगातार पाँच वर्ष देखि उक्त देश सर्वाधिक खुशी राष्ट्रको सूचीमा परेको हो । दक्षिण एसियाली मुलुकमा नेपाल ८५औँ स्थानमा रहेको छ भने भारत १३६औँ स्थानमा पुगेको छ ।

गत वर्ष भारत १३९औँ स्थानमा थियो । दक्षिण एसियाका खुशी देशको सूचीमा बंगलादेश ९९औँ र पाकिस्तान १०३औँ नम्बरमा पुगेको छ । सूचीअनुसार चीन नेपाल भन्दा तीन स्थान माथि अर्थात् ८२औं नम्बरमा रहेको छ । अफगानिस्तानलाई दक्षिण एसियाको दुःखी देशका रुपमा प्रतिवेदनमा चित्रण गरिएको छ ।

फिनल्यान्ड पछि डेनमार्क, आइसल्यान्ड, स्विटजरल्यान्ड, नेदरल्यान्ड्स, लक्जेम्बर्ग, स्विडेन, नर्वे, इजरायल, न्युजिल्यान्ड र अस्ट्रिया सर्वाधिक खुशी राष्ट्रका रुपमा सूचीकृत भएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports