kumari
stcnepal

नेपाल युएई सँग ९९ रनले पराजित, खराब ब्याटिङ आज पनि जारी

काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । आज भएको खेलमा नेपाल युएई सँग ९९ रनले पराजित भएको छ ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन । पहिलो खेलमा नेपाल युएई सँग ४८ रनले पराजित भएको थियो । युएई विरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरी राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्ले मा ४ विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा बउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।

यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए । नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो ।

 

 

 

footer