प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल युएई सँग ९९ रनले पराजित, खराब ब्याटिङ आज पनि जारी

663
shares

काठमाडौं ।आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत युएई विरुद्धको खेलमा नेपालले खराब ब्याटिङ गरेको छ । आज भएको खेलमा नेपाल युएई सँग ९९ रनले पराजित भएको छ ।

२०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा १०३ रनमै अलआउट भयो । नेपालको चार खेलाडीले मात्र दोहोरो अंकमा रन बनाउन सकेन । पहिलो खेलमा नेपाल युएई सँग ४८ रनले पराजित भएको थियो । युएई विरुद्ध बनाएको १०३ रन नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा बनाएको सबैभन्दा कम स्कोर हो ।

युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपालको सुरुवात फेरी राम्रो हुन सकेन । नेपालले सुरुवाती पावर प्ले मा ४ विकेट गुमाएको थियो । नेपालका ओपनर कुशल भुर्तेल दोस्रो ओभरमै व्यक्तिगत ५ रन बनाएर आउट भए । यस्तै श्रृंखलामा पहिलो खेल खेलिरहेका पवन सर्राफ २ रन बनाएर तेस्रो ओभरमा आउट भए । पवनले आसिफको स्थानमा ओपनिङ गरेका थिए । यस्तै दीपेन्द्र सिंह ऐरीले खाता समेत नखोली तेस्रो ओभरमा बउट भए । जुनैद सिद्दीकीले पवन र दीपेन्द्रलाई लगातार आउट गरे ।

यसअघिका दुई खेलमा राम्रो ब्याटिङ गरेका रोहित पौडेल आज व्यक्तिगत ९ रनमा आउट भए । नेपालले १० ओभरमा ४ विकेट गुमाएर जम्मा २१ रन बनाएको थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports