kumari
stcnepal

पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना

काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् डा. धर्मराज उप्रेतीले भारत बाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए । ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए ।

 

यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे । शुक्रवार सम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए ।  ‘ नेपालमा यसको पूर्वी भागमा र उच्च हिमाली क्षेत्रमा यसको असर देखिने सम्भावना छ । त्यो असर कुन स्तरको देखिन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन भोलि सम्म थाहा हुन्छ । पूर्वी भागमा असिना पानि, हावाहुरी चल्ने सम्भावना अहिले सम्म आएको छ । नेपालमा बिहीवार र शुक्रवार नेपालमा यसको सामान्य असर देखिने सम्भावना रहेको छ ।’

सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।

 

 

footer