विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना

650
shares

काठमाडौं । नेपालको पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

मौसमविद् डा. धर्मराज उप्रेतीले भारत बाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव स्वरुप नेपालको पूर्वी भेगमा हावाहुरी र पानी पर्ने सम्भावना रहेको बताए । ६० देखि ७० किलोमिटर प्रतिघण्टाको वेगमा चलिरहेको हावाले बंगालको खाडी र म्यान्मारमा हाल ठुलो पानी पारिरहेको र दुई, तिन दिन अझै यसको वेग बढ्ने बताए ।

 

यस आँधीको असर नेपालको पूर्वी भाग र उच्च हिमाली क्षेत्रमा पनि देखिने उनले उल्लेख गरे । शुक्रवार सम्ममा पूर्वी भागमा असिना पानी र हावाहुरी चल्ने सम्भावना रहेको उनले जानकारी दिए ।  ‘ नेपालमा यसको पूर्वी भागमा र उच्च हिमाली क्षेत्रमा यसको असर देखिने सम्भावना छ । त्यो असर कुन स्तरको देखिन्छ भनेर अहिल्यै भन्न सकिने अवस्था छैन भोलि सम्म थाहा हुन्छ । पूर्वी भागमा असिना पानि, हावाहुरी चल्ने सम्भावना अहिले सम्म आएको छ । नेपालमा बिहीवार र शुक्रवार नेपालमा यसको सामान्य असर देखिने सम्भावना रहेको छ ।’

सामान्य हावाहुरी र असिना पानी परे पनि ठुलो असर भने नदेखिने उनले स्पष्ट पारे । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भएपनि जलवायु परिवर्तनको असर स्वरुप छिट्टै आँधी आएको उनले उल्लेख गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports