kumari
stcnepal

मरिच आयातको अनुमति पायो डाबर नेपालले

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले मरिच आयातको अनुमति पाएको छ । सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरे सँगै मरिच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी हो । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरिच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ ।

डाबर नेपालको माग अनुससार ७० मेट्रिकटन मरिच आयातका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए । कम्पनीले उत्पादन गर्ने खाद्य र पौष्टिक आहारमा कच्चा पदार्थका लागि प्रयोग गर्न मरिचको आयात अनुमति दिइएको हो । गत २६ फागुनमा सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ, मरिच र छोकडाको आयात अनुमति दिने निर्णय गरेको थियो ।

डाबर नेपालले उद्योग विभागका दिएको निवेदनका आधारमा विभाग बाट भएको सिफारिस बमोजिम यो वर्ष पहिलो पटक मरिच आयातको अनुमति पाएको विभागको भनाइ छ । मरिच आयात कै लागि उद्योग विभाग बाट वाणिज्यमा वाईवाई चाउचाउ उत्पादक चौधरी समूह र रारा चाउचाउ उत्पादक हिमशिखर फूड्सको पनि निवेदन परेको छ । तर, ती कम्पनीले माग गरेको मरिचको परिमाण निकै कम रहेको विभागले जनाएको छ । केराउ, सुपारी र छोकडा आयातमा भने उद्योग बाट कुनै सिफारिस नआएको विभागले जनाएको छ ।

 

footer