प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

मरिच आयातको अनुमति पायो डाबर नेपालले

624
shares

काठमाडौं । बहुराष्ट्रिय कम्पनी डाबर नेपालले मरिच आयातको अनुमति पाएको छ । सरकारले औद्योगिक प्रयोजनका लागि आयात फुकुवा गरे सँगै मरिच आयातको अनुमति पाउने डाबर नेपाल पहिलो कम्पनी हो । उद्योग विभागको सिफारिसमा डाबर नेपाललाई मरिच आयातको अनुमति दिइएको वाणिज्य विभागले जनाएको छ ।

डाबर नेपालको माग अनुससार ७० मेट्रिकटन मरिच आयातका लागि अनुमति दिइएको विभागका एक अधिकारीले बताए । कम्पनीले उत्पादन गर्ने खाद्य र पौष्टिक आहारमा कच्चा पदार्थका लागि प्रयोग गर्न मरिचको आयात अनुमति दिइएको हो । गत २६ फागुनमा सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ, मरिच र छोकडाको आयात अनुमति दिने निर्णय गरेको थियो ।

डाबर नेपालले उद्योग विभागका दिएको निवेदनका आधारमा विभाग बाट भएको सिफारिस बमोजिम यो वर्ष पहिलो पटक मरिच आयातको अनुमति पाएको विभागको भनाइ छ । मरिच आयात कै लागि उद्योग विभाग बाट वाणिज्यमा वाईवाई चाउचाउ उत्पादक चौधरी समूह र रारा चाउचाउ उत्पादक हिमशिखर फूड्सको पनि निवेदन परेको छ । तर, ती कम्पनीले माग गरेको मरिचको परिमाण निकै कम रहेको विभागले जनाएको छ । केराउ, सुपारी र छोकडा आयातमा भने उद्योग बाट कुनै सिफारिस नआएको विभागले जनाएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports