kumari
stcnepal

नेपाल विरुद्धको एकदिवसीय सिरिजमा पीएनजीको क्लिन स्विप

नेपाल विरुद्धको दुई खेलको एकदिवसीय सिरिज पपुवा न्युगिनी (पीएनजी)ले क्लिन स्विप गरेको छ । शनिबार भएको सिरिजको अन्तिम खेलमा नेपाल ३ विकेटले पराजित भयो । पीएनजीले सिरिजको पहिलो खेलमा नेपाल माथि ६ रनको जित निकालको थियो ।

त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पछ्याएको पीएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै २८३ रन बनायो । पीएनजीका लागि लिगा सिकाले ९० रनको अर्धशतकीय पारी खेले । १०२ बल खेलेका उनले रन बनाए । उनलाई नेपालका पवन सरार्फ ३३ औं ओभरको चौथो बलमा बोल्ड आउट गराए । पीएनजीका लागि रिले हेकुरेले ४८ बनाए । सेसे बाउले ३८ रन बनाए । उनी ३७ औं ओभरको दोस्रो बलमा एलबीडब्लू आउट भए । उनलाई पवव सरार्फले आउट गराए ।
पीएनजीले ४४औं ओभरको अन्तिम बलमा आफ्नो सातौं विकेट गुमयो । नेपालका आरिफ सेखले नोरमान भानुवालाई क्याच आउट गराए । यसअघि पीएनजीले ४३औं ओभरका पाँचौं बलमा आफ्नो छैटौं विकेट गुमायो । पीएनजीका हिरि हिरि १३ रन बनाएर आउट भए । उनलाई सोमपाल कामीले क्याच आउट गराए । पीएनजीले १३औं ओभरको पहलिो बलमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । पीएनजीका कार्लेस अमिनीलाई सन्दीपले ३५ रनमा एलबीडब्लू आउट गराए । सन्दीपले आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो ५० औं विकेटको रुपमा उनलाई आउट गराए ।

यो सँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कम इनिङ्समा ५० रन बनाउने विश्वकै दोस्रो खेलाडी बने । उनले २२ खेलमा ५० विकेट लिए । पीएनजीले दोस्रो ओभरमा दुई विकेट गुमाएको थियो । दोस्रो ओभरको दोस्रो बलमा टोली उरालाई सोमपाल कामीले क्याच आउट गराएका थिए । सोही ओभरको तेस्रो बलमा असाड भालालाई पनि सोमपालले क्याच आउट गराए ।  टस जितेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।   नेपालका लागि दिपेन्द्रले १०५ रनको शतकीय पारी खेले । १४० बल खेलेका उनले ७ चौका प्रहार गरे ।

नेपालका लागि १२९ रनको साझेदारी एकदिवसीय अन्तर्राष्ट्रियमा हाल सम्मकै सर्वाधिक साझेदारी हो । यसअघि शुक्रबार भएको खेलमा आरिफ शेख र रोहित कुमार पौड्यालले १०४ रनको साझेदारी गरेका थिए । नेपालका कप्तान सन्दीप लामिछानेले २४ रन बनाए । नेपालले ४८ औं ओभरको दोस्रो बलमा आफ्नो छैटौं विकेट गुमायो । नेपालका भिम सार्की २६ रन बनाएर आउट भए । सोही ओभरको अन्तिम बलमा नेपालले आफ्नो सातौं विकेट गुमायो ।

 

 

footer