kumari
stcnepal

सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको मा एमालेको आपत्ति

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकार माथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावली समेत परिर्वतन गरेको आरोप लगाएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णयहरु गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’

बैठकले चुनाव चिन्हको रंग र मनोनयन दर्ताका लागि मनोनयन पत्र दर्ता गर्न दुई दिन दिने निर्णय परिर्वतन गर्न पनि निर्वाचन आयोग सँग माग गरेको छ । वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरु सँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिर्वतन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको एमालेले बताएको छ ।

एमाले उपमहासचिव एवं प्रभार विपभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकुल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ निर्वाचन आयोगको यो निर्णय अनुचित छ, त्यसैले यसलाई तत्काल सत्याउन माग गर्दछ ।’

 

 

 

footer