प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको मा एमालेको आपत्ति

442
shares

काठमाडौं । सरकारले निर्वाचन प्रभावित पार्ने निर्णय गरिरहेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आपत्ति जनाएको छ । साथै मतपत्रमा निर्वाचन चिन्हको रंग हरियो बनाउने र मनोनयन दर्ताका लागि दुई दिन दिने निर्णय सच्याउन पनि माग गरेको छ ।

आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले सरकार माथि कर्मचारी र प्रहरी प्रशासनमा अन्धाधुन्ध सरुवा बढुवा गरेको तथा मतदाता प्रभावित गर्ने उद्देश्यले कानुन र नियमावली समेत परिर्वतन गरेको आरोप लगाएको छ । बैठकको निर्णयमा भनिएको छ, ‘निर्वाचनलाई प्रभावित पार्ने विभिन्न निर्णयहरु गरिएकोमा हाम्रो गम्भीर आपत्ति छ ।’

बैठकले चुनाव चिन्हको रंग र मनोनयन दर्ताका लागि मनोनयन पत्र दर्ता गर्न दुई दिन दिने निर्णय परिर्वतन गर्न पनि निर्वाचन आयोग सँग माग गरेको छ । वैशाख ३० गतेका लागि निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा दलहरु सँग परामर्श नगरी मतपत्रमा उल्लेख गरिने निर्वाचन चिन्हको रंग परिर्वतन गर्ने र मनोनयनका लागि दुई दिनको समय दिने निर्णय गर्नु अनुचित भएको एमालेले बताएको छ ।

एमाले उपमहासचिव एवं प्रभार विपभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले भने, ‘यो निर्णय सत्तारुढ दल विशेषलाई अनुकुल हुने गरी गरिएको छ भन्ने स्पष्ट छ । तसर्थ निर्वाचन आयोगको यो निर्णय अनुचित छ, त्यसैले यसलाई तत्काल सत्याउन माग गर्दछ ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports