kumari
stcnepal

भ्यूटावर उद्घाटन गर्दै भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ : अध्यक्ष प्रचण्ड

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि कीर्तिमान (रेकर्ड) कायम गर्न सक्ने बताएका छन् ।

आज सोमबार रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र विद्रोहका क्रममा आफूले आधार इलाकाहरुमा बिताएको समय सम्झिए । सशस्त्र विद्रोहको पछिल्लो २ वर्ष आफूले रोल्पा रुकुममा बिताएको र १२ बुँदे समझदारी गर्न रोल्पाबाटै गएको प्रचण्डले उल्लेख गरेका छन् ।

अहिले रोल्पामा विकासका काम भइरहेको भन्दै उनले भने, ‘रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ युद्ध पर्यटनलाई प्रोत्साहन गर्ने र प्यूठानको स्वर्गद्वारीसँग जोड्न सक्ने हो भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डले बताएका छन् ।

footer