विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भ्यूटावर उद्घाटन गर्दै भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ : अध्यक्ष प्रचण्ड

611
shares

रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पाले ध्वंशमा मात्र होइन, निर्माणमा पनि कीर्तिमान (रेकर्ड) कायम गर्न सक्ने बताएका छन् ।

आज सोमबार रोल्पा नगरपालिकामा बनेको भ्यूटावर उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सशस्त्र विद्रोहका क्रममा आफूले आधार इलाकाहरुमा बिताएको समय सम्झिए । सशस्त्र विद्रोहको पछिल्लो २ वर्ष आफूले रोल्पा रुकुममा बिताएको र १२ बुँदे समझदारी गर्न रोल्पाबाटै गएको प्रचण्डले उल्लेख गरेका छन् ।

अहिले रोल्पामा विकासका काम भइरहेको भन्दै उनले भने, ‘रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ युद्ध पर्यटनलाई प्रोत्साहन गर्ने र प्यूठानको स्वर्गद्वारीसँग जोड्न सक्ने हो भने रोल्पा राम्रो पर्यटकीय गन्तव्य बन्नसक्ने प्रचण्डले बताएका छन् ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports