kumari
stcnepal

शेखरको सभापति देउवालाई प्रश्न गठवन्धन किन गर्ने

 

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् । आज सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे, ‘सभापतिले नै एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु  ? काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ? ’
कोइराला पछि बोलेका गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले गठबन्धनको सरकार बन्ने समयमा नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको बताए । उनले त्यो सहमति काँग्रेसले तोड्न नमिल्ने बताए । तर गठबन्धनको नाममा आफ्नो संगठन अलगथलग पार्न नहुने उनले धारण राखेका छन् । ।

footer