२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

शेखरको सभापति देउवालाई प्रश्न गठवन्धन किन गर्ने

676
shares

 

काठमाडौँ । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले गठबन्धन किन गर्ने र केका लागि गर्ने भनेर प्रश्न गरेका छन् । आज सोमबार केन्द्रीय पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कमिटीको बैठकमा कोइरालाले रुष्ट कार्यकर्तालाई सम्बोधन नगरी गठबन्धन कसरी गर्ने भनेर पार्टी सभापति शेर बहादुर देउवालाई प्रश्न गरेका हुन् ।
उनले प्रश्न गरे, ‘सभापतिले नै एमाले बलियो भनेपछि कार्यकर्ताको मनोबल कसरी बढाउनु  ? काँग्रेसको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर कसरी माओवादीलाई बोक्न सकिन्छ ? ’
कोइराला पछि बोलेका गृहमन्त्री समेत रहेका नेता बालकृष्ण खाणले गठबन्धनको सरकार बन्ने समयमा नै तीनै तहको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको बताए । उनले त्यो सहमति काँग्रेसले तोड्न नमिल्ने बताए । तर गठबन्धनको नाममा आफ्नो संगठन अलगथलग पार्न नहुने उनले धारण राखेका छन् । ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports