kumari
stcnepal

४६ दलले काठमाडौं बाट चुनावमा लड्ने भए

काठमाडौं । आगामी स्थानीय तहको चुनावमा काठमाडौं जिल्लाका स्थानीय तहमा ४६ वटा वटा राजनीतिक दलले चुनावमा लड्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौं बाट ४६ दलले दलीय चुनाव चिन्ह सहित चुनाव लड्ने भएका हुन् । दलीय संख्याको हिसाबले काठमाडौंमा सबै भन्दा बढी राजनीतिक दलहरुले चुनाव लड्ने भएका हुन् । साना दलहरुलाइ पनि दलीय चुनाव चिन्ह दिने भएपछि काठमाडौं बाट ४६ दलले दलीय चुनाव चिन्ह सहित उम्मेदवार उठाउन पाउने भएका हुन् ।

आयोगले सुरुमा स्थानीय तहको निर्वाचन र राजनीतिक दल सम्बन्धी ऐनलाई देखाएर राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्रै स्थानीय तहको चुनावमा दलीय चुनाव चिह्न पाउने बताएको थियो । तर, विरोध भएपछि आयोगले व्यवहारिक रुपमा मिलाउने गरी दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो । यो सँगै स्थानीय तहको चुनावमा देशभर ७९ वटा दलले चुनाव चिह्न सहित चुनाव लड्न पाउने भएका छन् ।

 

 

footer