२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

४६ दलले काठमाडौं बाट चुनावमा लड्ने भए

949
shares

काठमाडौं । आगामी स्थानीय तहको चुनावमा काठमाडौं जिल्लाका स्थानीय तहमा ४६ वटा वटा राजनीतिक दलले चुनावमा लड्ने भएका छन् ।

निर्वाचन आयोगका अनुसार स्थानीय तहको चुनावमा काठमाडौं बाट ४६ दलले दलीय चुनाव चिन्ह सहित चुनाव लड्ने भएका हुन् । दलीय संख्याको हिसाबले काठमाडौंमा सबै भन्दा बढी राजनीतिक दलहरुले चुनाव लड्ने भएका हुन् । साना दलहरुलाइ पनि दलीय चुनाव चिन्ह दिने भएपछि काठमाडौं बाट ४६ दलले दलीय चुनाव चिन्ह सहित उम्मेदवार उठाउन पाउने भएका हुन् ।

आयोगले सुरुमा स्थानीय तहको निर्वाचन र राजनीतिक दल सम्बन्धी ऐनलाई देखाएर राष्ट्रिय मान्यता प्राप्त दलहरुले मात्रै स्थानीय तहको चुनावमा दलीय चुनाव चिह्न पाउने बताएको थियो । तर, विरोध भएपछि आयोगले व्यवहारिक रुपमा मिलाउने गरी दलीय चुनाव चिह्न दिने निर्णय गरेको हो । यो सँगै स्थानीय तहको चुनावमा देशभर ७९ वटा दलले चुनाव चिह्न सहित चुनाव लड्न पाउने भएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports