kumari
stcnepal

रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थाले

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टी बाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

खरेलले मेयरमा उम्मेवारी दिने बारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौं वासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यस बारे निर्णय गरिसकेको छैन ।’ प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरी बाट राजीनामा दिएका थिए ।

 

 

 

footer