विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थाले

676
shares

काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टी बाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् ।

खरेलले मेयरमा उम्मेवारी दिने बारे सल्लाह भइरहेको बताए । ‘काठमाडौंको मेयरमा उठेँ भने काठमाडौं वासीको साथ पनि पाउँछु भन्ने लागेको छ’ उनले भने, ‘तर यस बारे निर्णय गरिसकेको छैन ।’ प्रहरीबाट अवकाश पाएपछि खरेल भ्रष्टाचार विरोधी अभियान चलाइरहेका छन् । प्रहरीमा छँदा पनि उनी आक्रामक शैली र खरो अभिव्यक्तिका कारण पटकपटक चर्चामा आउने गरेका थिए ।

सरकारले सर्वेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेपछि उनले २८ चैत २०७४ मा नेपाल प्रहरी बाट राजीनामा दिएका थिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports