kumari
stcnepal

आसिफ शेखले टी-२० क्रिकेटमा दोस्रो अर्धशतक बनाए

काठमाडौं । नेपाली खेलाडी आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा दोस्रो अर्धशतक बनाएका छन् ।

कीर्तिपुरमा भइरहेको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत बुधबार मलेसिया विरुद्धको खेलमा आसिफले अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५० रन पूरा गरेका हुन् ।

आसिफले यसअघि गत वैशाखमा कीर्तिपुरमै भएको त्रिकोणात्मक टी-२० श्रृंखला अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको डेब्यु खेलमा पहिलो अर्धशतक प्रहार गरेका थिए । उक्त खेलमा उनले अविजित ५४ रन बनाएका थिए ।

 

 

 

footer