kumari
stcnepal

यस्तो रहला आजको मौसम, चट्याङ सहित पानी पर्न सक्ने

काठमाडौं । अहिले देशमा भारतको बिहार राज्य आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ ।

प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदली देखि बिहानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाको भनाइ छ । यस्तै प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाका अनुसार राति प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । प्रदेश नं १ का पहाडी भू–भागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैबीच, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

footer