प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

यस्तो रहला आजको मौसम, चट्याङ सहित पानी पर्न सक्ने

1.17K
shares

काठमाडौं । अहिले देशमा भारतको बिहार राज्य आसपासमा रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव सामान्य रुपमा परेको छ ।

प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही अन्य ठाउँमा आंशिक बदली देखि बिहानको मौसम सामान्यतयाः सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै दिउँसो प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिक देखि सामान्य बदली रही अन्य ठाउँको मौसम सामान्यतयाः सफा रहने महाशाखाको भनाइ छ । यस्तै प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

महाशाखाका अनुसार राति प्रदेश नं १ लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही स्थानमा मौसम सामान्यतयाः सफा रहने जनाइएको छ । प्रदेश नं १ का पहाडी भू–भागका थोरै स्थानहरु र गण्डकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको उल्लेख गरिएको छ ।

यसैबीच, प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको र तराईका भू–भागहरुमा हल्का तापक्रम बढ्ने क्रममा रहेकाले गर्मी बाट हुनसक्ने सम्भावित असर बाट जोगिन आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports