kumari
stcnepal

काग्रेस, माओवादी र समाजवादीको बलियो हतियार

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने पक्का पक्की भएको छ । मुलुकमा रहेका ७ सय ५३ वटै स्थानीय तहमा एकै पटक निर्वाचन हुने भएपछि राजनितिक दलहरुले सक्रियता बढाउदै लगेका छन् । ठूला साना सबै राजनितिक दलहरुले जनतालाई आफ्नो पक्षमा मतदान गर्ने अनेक प्रकारका आश्वासनहरु दिदैँ आएका छन् । मुलुकका ठूला भनिएका राजनितिक दलहरु मध्येका नेकपा एमाल,े नेपाली काग्रेस ,माओवादी केन्द्र लगायतका दलहरुले पनि आफ्नो सक्रियता बढाउदै लगेका छन् । नेपाली काग्रेसले त आफ्नो विचार र सिद्धान्त नै नमिल्ने दलहरुसँग गठवन्धन गरीरहेको र स्थानीय तहमा समेत गठवन्धन गरेर निर्वाचनमा जाने सम्भावना देखिएको छ । गठवन्धन भनेको आफ्नो विचार र सिद्धान्त मिल्नेसँग हुनु पर्नेमा काग्रेसले निर्वाचन जित्नैको लागि मात्र गठवन्धन गर्ने प्रयास गरेको हुनाले नेपाली काग्रेसले आफ्नो निति सिद्धान्त र विचार छोड्दै गएको प्रष्ठ हुदै गएको छ । नेपाली काग्रेस सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी भएपनि काग्रेसले त्यो सिद्धान्त र विचारलाई छोडेर सत्ता कै लागि मात्र राजनितिक गरेको आरोप काग्रेसमाथी लाग्दै आएको छ ।

मुलुकको अहिलेको सबै भन्दा ठूलो पार्टी नेकपा एमाले नै हो । संघीय ससद हुँदै प्रदेश सभामा समेत नेकपा एमाले प्रमुख प्रतिपक्षी दल रहेका हुनाले अहिलेको पाँच दलिय गठवन्धनले नेकपा एमालेलाई एक्ल्याउने रणनितिका साथ स्थानीय तह प्रदेशसभा र संघीय ससदको निर्वाचनमा समेत गठवन्धन नै गरेर निर्वाचनमा जाने जुन रणनिति लिएको छ, त्यो काग्रेस कै लागि घातक सावित हुन सक्छ । राजनितिक गर्ने दलको आफ्नो निति सिद्धान्त र विचार छोडेर सत्तामा पुग्ने मात्र रणनिति लिनु भनेको जनतालाई झुक्याउने प्रयास भन्दा बाहेक अन्य केही हुन सक्दैन ।

आफ्नो निति सिद्धान्त र विचार छोडेर सत्तामात्र ताक्नु जनतामाथी गरेको अर्को अपराध हो । काग्रेसले आफ्नो सिद्धान्तलाई छोडेर गठवन्धन गर्नु भनेको अहिलेको काग्रेसलाई त्यहा सम्म पु¥याउन हिजो ज्यानको वाजी लगाएर काग्रेसको निर्माण गरेका व्यक्तिहरु माथीको अन्याय र काग्रेस संस्थापक नेताहरुमाथी गरीएको घात हो । माओवादी केन्द्रले चलाएको १० वर्षै जनयुद्धका बेला धेरै काग्रेसजनहरुको हत्या भएको थियो । उनीहरु काग्रेस भएकै कारणले मारिएका थिए र अहिले काग्रेस नेतृत्वले ति मारिएका व्यक्तिहरुलाई न्याय दिएको छ त ? आफै पार्टीको समर्थनमा अपराधीहरुसँग सत्ता गठवन्धन कै लागि गठवन्धन गर्नु न्यायसँग हुन्छ त ? राजनितिक गर्नु भनेको सत्तामा पुग्नुमात्र हो भने गणेशमान सिंह कहिल्यै सत्तामा गएनन् । तर आज काग्रेस कै नेताहरुका लागि मात्र नभएर उनी अन्य पार्टीका लागि पनि सर्वमान्य भएका छन् । भारतमा महात्मागान्धी कहिल्यै सत्तामा गएनन् । उनी अहिले भारतका राष्ट्रपिता भएका छन् । मरणेपरान्त पनि गणेशमान र महात्मागान्धीलाई जनताले शद्धा गर्ने गरेका छन् । आफ्नो पार्टीका सर्वमान्य नेताको आर्दश, विचार र सिद्धान्तलाई रद्धीको टोकरीमा फालेर काग्रेसले सत्ताकै लागि मात्र राजनितिक गर्नु भनेको काग्रेस र काग्रेसका स्थापनकालका नेताहरुमाथी घात गरेको स्वीकार काग्रेसजनहरुले किन नगर्ने ? पछिल्लो समयमा काग्रेसका नेताहरुले सत्ताको लागि जस्तोसुकै कार्य गर्न पछि नपर्ने उद्घोष गर्न थालेका छन् ।

अहिलेको गठवन्धनलाई कायम राखेर स्थानीय तह , प्रदेश सभा र संघीय ससदको निर्वाचन सम्मै गएको खण्डमा आउदो ससदीय चुनावपछि पनि शेरवहादुर देउवालाई नै प्रधानमन्त्री बनाउने माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले आश्वासन दिएका र नेपाली काग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपति वनाउने आश्वासन दिएका हुनाले देउवा र पौडेलको एउटै स्वर भएको छ । देउवा पहिलो पटक सभापति रहेका वेला नेता पौडेलले संस्थापन इतर पक्षको भूमीकामा रहेर सभापति देउवालाई असहयोग गर्दै आएका थिए तर अहिले उनीहरु एक भएका छन् त्यस्को कारण हो प्रधानमन्त्री र राष्ट्रपति पाउने आश्वासन । त्यही आश्वासनले गर्दा देउवा र पौडेल कै इच्छामा अहिलेको गठवन्धनलाई कायम राखेर उनीहरु सबै तहको निर्वाचनमा जान तयार रहेका छन् । यसरी नेपाली काग्रेसले आफ्नै नेताहरु र काग्रेस समर्थक जनतालाई समेत धोका दिने प्राय पक्का पक्की रहेको छ ।

नेपाली कागे्रसका सभापति एव् प्रधानमन्त्री शेरवहादुर देउवा विगत देखी नै सत्ताका लागि जस्तो सुकै कार्य गर्न तयार रहेको इतिहास साँक्षी रहेको छ । उनी प्रधानमन्त्री भएका वेला विगतमा भएका अनेकौ काण्डहरु भएका छन् । ससदमा अविश्वासको प्रस्ताव आएपछि तत्कालीन सासदहरुलाई वैक भगाउने देखी लिएर पजेरो काण्ड लगायतका अनेक काण्डमा देउवाको नाम जोडिएको छ । उनी जसरी भएपनि पदमा अडिरहन जुनसुकै हर्कत गर्न पछि पर्दैनन् भने प्रमाणित त विगतको इतिहासले नै गरी सकेको हुनाले अहिलेपनि पुन प्रधानमन्त्री वन्नको लागि पार्टीलाई हतियारको रुपमा प्रयोग गर्न सकृय भएका छन् ।

पछिल्लो अवस्थामा कम्युनिष्ठ पार्टीहरु विभाजन भएका र एकले अर्कोलाई गालि गलैजा गरी रहेका वेला सम्पन्न हुने निर्वाचन काग्रेसका लागि सुर्वण अवसर भएपनि कागे्रसले त्यो अवसर लिन चाहेको जस्तो देखिएको छैन । कम्युनिष्ठहरु विभाजित भएका र अन्य दलहरुले काग्रेसलाई खासै असर पार्न सक्ने सम्भावना न्यून रहेको भएपनि पार्टीलाई ध्वस्त पारेरै भएपनि देउवा र पौडेल गठवन्धनको पक्षमा रहेर पद प्राप्ति गर्ने रणनितिमा लागेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानमन्त्री एव पार्टी सभापति गिरीजा प्रसाद कोइरालालाई पनि राष्ट्रपति वनाईदिने आश्वासन दिएका थिए । तर अन्तिम समयमा माओवादी केन्द्र पछि हट्यो कोइराला राष्ट्रपति वन्न पाएनन् । माओवादी केन्द्रले आफ्नो स्वार्थ पुरा गरेपछि पहिला दिएका आश्वासनहरु तत्कालीनका लागि मात्र हुने त्यो एउटा रणनिति मात्र हो भन्ने गरेको हुनाले उसले काग्रेसलाई प्रयोग गरेर निर्वाचन जित्ने हतियारका रुपमा मात्र काग्रेसलाई प्रयोग गर्ने रणनिति हो भन्ने हामीले ठहर गरेका छौँ, त्यसैले भन्नु पर्दछ काग्रेस माओवादीको हतियार वन्यो भनेर ।

footer