kumari
stcnepal

काठमाडौंमा वैज्ञानिक समाजवादी पार्टीको प्रथम राष्ट्रिय भेला सुरु

काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन भएको हो ।

उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु उपस्थित भएर सम्बोधन गरेका छन् । भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत भएका थिए । भेलामा ५० जिल्लाका साथै भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरु बाट समेत प्रतिनिधित्व भएको वैज्ञानिक समाजवादी पार्टीले जनाएको छ ।

बन्द सत्र भने भक्तपुरको बोडेमा संचालन हुने छ । १९ गते सम्म चल्ने भेलाले आजको वैज्ञानिक समाजवादको कार्यदिशा र त्यसलाई कार्यन्वयन गर्ने कार्यक्रम तय गर्ने उक्त पार्टीले बताएको छ ।

footer