प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंमा वैज्ञानिक समाजवादी पार्टीको प्रथम राष्ट्रिय भेला सुरु

767
shares

काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको प्रथम राष्ट्रिय भेला सुरु भएको छ । प्रज्ञा भवन कमलादीमा दिउँसो १२ बजे भेलाको उद्घाटन भएको हो ।

उद्घाटन सत्रमा नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल लगायतका नेताहरु उपस्थित भएर सम्बोधन गरेका छन् । भेलामा अन्तर्राष्ट्रिय गीत र सास्कृतिक झाँकीहरु पनि कार्यक्रममा प्रस्तुत भएका थिए । भेलामा ५० जिल्लाका साथै भारत, यूरोप, कोरिया र मध्य एसियाका देशहरु बाट समेत प्रतिनिधित्व भएको वैज्ञानिक समाजवादी पार्टीले जनाएको छ ।

बन्द सत्र भने भक्तपुरको बोडेमा संचालन हुने छ । १९ गते सम्म चल्ने भेलाले आजको वैज्ञानिक समाजवादको कार्यदिशा र त्यसलाई कार्यन्वयन गर्ने कार्यक्रम तय गर्ने उक्त पार्टीले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports