kumari
stcnepal

रूस र युक्रेनका राष्ट्रपति बीच सिधा वार्ता हुन सक्ने सम्भावना

काठमाडौं । युक्रेन र रुसका राष्ट्रपति बीच सिधा वार्ताको सम्भावना बढेको युक्रेनका प्रमुख वार्ताकारले बताएका छन्। जारी वार्ताले दुई देशका राष्ट्रपति बीचको वार्ताका लागि आवश्यक तयारी पूरा गरेको युक्रेनका प्रमुख वार्ताकार डेभिड अर्काखामियाले शनिबार बताएका हुन्।

शुक्रबार युक्रेन र रुसका वार्ता टोली बीच भिडियो लिंक मार्फत भएको छलफलले दुई देशका राष्ट्रपति बीचको वार्ताका लागि तयारी गरेको उनले बताएका हुन्। रुसले क्राइमिया बाहेक युक्रेनले गरेको प्रस्ताव स्वीकार गरेको बताइएको छ। क्राइमिया रुसले सन् २०१४ मा युक्रेन बाट टुक्राएको थियो। वार्ता टोलीले तयार गरेको ड्राफ्ट माथि दुई देशका राष्ट्रपतिले सीधा वार्तामा छलफल गर्न सक्ने युक्रेनी वार्ताकार अर्काखामियाले बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। ड्राफ्ट तयार भए पनि विवादका विभिन्न विषयमा छलफल भइरहेको छ।

रुसले सम्भावित पुटिन–जेलेन्स्की वार्ताका सम्बन्धमा कुनै टिप्पणी गरेको छैन। रुसका प्रमुख वार्ताकार भ्लादिमिर मेदिन्स्कीले शुक्रबारको वार्ता पछि क्राइमिया र डोन्बास क्षेत्रलाई लिएर रुसको अडान परिवर्तन नभएको बताएका थिए। रुसले क्राइमियालाई रुसी क्षेत्रका रुपमा स्वीकार गर्न युक्रेन माथि दबाब दिएको छ। यस्तै डोन्बास क्षेत्रलाई औपचारिक रुपमा स्वतन्त्र स्वीकार गर्नुपर्ने माग रुसको छ। सो क्षेत्रमा रुसको साथ पाएका विद्रोही समूहको कब्जा छ।

बीबीसी

 

 

 

footer