kumari
stcnepal

आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घट्यो

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३० दशमलव ८९ अंकले घटेर २,५१३ दशमलव ४१ को विन्दुमा कायम भएको छ । आज १९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७२ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २२५ वटा कम्पनीको ३२ करोड ५३ लाख ८१६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ९ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ७ सय रुपैयाँ रहेको छ ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ५ करोड १ लाख रुपैयााको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ४ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ३ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यसैगरी आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाउका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका छन् । नेष्डो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

 

 

 

footer