kumari
stcnepal

प्रधानमन्त्री देउवाले वाराणासीमा वृद्धाश्रमको शिलान्यास गरे

वाराणसी । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसी स्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजन सहित शिलान्यास गरेका छन् ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपाल बाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

प्रधानमन्त्री देउवाको सम्मानमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले आइतबार यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरु बीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आइतबार नै अपराह्न यहाँ बाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्ली बाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

 

 

footer