प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधानमन्त्री देउवाले वाराणासीमा वृद्धाश्रमको शिलान्यास गरे

650
shares

वाराणसी । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसी स्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजन सहित शिलान्यास गरेका छन् ।

नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपाल बाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो । उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।

प्रधानमन्त्री देउवाको सम्मानमा उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथले आइतबार यहाँ दिवाभोजको आयोजना गरे । त्यसअघि उनीहरु बीच पारस्परिक हित र चासोका विविध विषयमा विचार विमर्श भएको थियो ।

प्रधानमन्त्री देउवा आइतबार नै अपराह्न यहाँ बाट नयाँ दिल्लीका लागि प्रस्थान गर्नुहुनेछ भने साँझ नयाँदिल्ली बाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports