kumari
stcnepal

स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने : नेपाली कांग्रेस

चितवन । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ । सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्ला बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य देखि वडा सभापति सहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ ।पार्टीका सबै तहका नेता कार्यकर्ताले सुझाव दिएकाले सो भावनाको सम्मान र प्रतिनिधित्व पार्टी नेतृत्वले गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको ठूलो दल कांग्रेस भएकाले ठूलो पालिका भरतपुर महानगरपालिकाको मेयर पनि कांग्रेसले पाउनुपर्ने माग जायज रहेको सभापति खनालले बताए । कांग्रेस जिल्ला समितिको बैठकले जिल्लाका सात वटै पालिकामा गठवन्धनको तर्फ बाट संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ ।

 

 

 

footer