सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने : नेपाली कांग्रेस

520
shares

चितवन । नेपाली कांग्रेस चितवनले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयर पद गठबन्धनका अरु दललाई छाड्न नसकिने बताएको छ ।आइतबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको बैठकले भरतपुरको मेयर पद अरु दललाई छाड्न नसकिने निर्णय गरेको पार्टी सभापति राजेश्वर खनालले जानकारी दिए ।

हाल भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल मेयर छिन् । आगामी स्थानीय तह निर्वाचनमा पनि भरतपुरको मेयरमा माओवादी केन्द्रले नै दावी गरेको छ । सत्तारुढ दलहरुले स्थानीय निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन्, तर कांग्रेसको चितवन जिल्ला समितिले तालमेल भएको अवस्थामा पनि अरु दललाई मेयर पद दिन नसकिने निर्णय गरेको हो ।

जिल्ला बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य देखि वडा सभापति सहितको बैठकले दिएको सुझावका आधारमा जिल्ला समितिले मेयर पद नछाड्ने निर्णय गरेको खनालको दावी छ ।पार्टीका सबै तहका नेता कार्यकर्ताले सुझाव दिएकाले सो भावनाको सम्मान र प्रतिनिधित्व पार्टी नेतृत्वले गर्नुपर्ने उनको भनाइ छ । गठबन्धनको ठूलो दल कांग्रेस भएकाले ठूलो पालिका भरतपुर महानगरपालिकाको मेयर पनि कांग्रेसले पाउनुपर्ने माग जायज रहेको सभापति खनालले बताए । कांग्रेस जिल्ला समितिको बैठकले जिल्लाका सात वटै पालिकामा गठवन्धनको तर्फ बाट संयन्त्र बनाउने निर्णय बैठकले गरेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports