kumari
stcnepal

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

नेपालका लागि ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए । आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए । नेपालका तीन खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिए ।

 

 

 

footer