विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पीएनजीलाई नेपालले दियो १६९ रनको लक्ष्य

650
shares

काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृखंलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १६९ रनको लक्ष्य दिएको छ । कीर्तिपुर स्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको अर्धशतक र करण केसीको आक्रामक ब्याटिङको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनायो ।

नेपालका लागि ऐरीले ३८ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ५४ रन बनाए । यस्तै करणले १२ बलमा ५ चौका र १ छक्का प्रहार गरेर अविजित ३३ रन बनाए । आसिफ शेखले २९, कुशल भुर्तेलले २५ र आदिल अन्सारीले १५, रोहित पौडेलले २ रन जोडे भने आरिफ शेख र दीलिप नाथले खाता खोल्न सकेनन् ।

पीएनजीका कबुअ मोरेअ र रिले हेकुरले समान एक विकेट लिए । नेपालका तीन खेलाडीलाई पीएनजीका सेमो कमिअले आउट गरे । उनले एकै ओभरमा नेपालका तीन खेलाडीलाई आउट गर्दै मेडन राखे । ३ ओभरमा २८ रन खर्चेका कमिअले आफ्नो अन्तिम ओभरमा पुनरागमन गर्दै सानदार बलिङ गर्दै ३ विकेट लिए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports