kumari
stcnepal

क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको निधन , १२ घाइते

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

क्यालिफोर्निया राज्यको राजधानी सेक्रामेन्टोको रेष्टुरेन्ट र बारहरु रहेको व्यस्त इलाकामा स्थानीय समय अनुसार आइतबार बिहान गोली चलेको थियो । गोली चलेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको थियो ।

घटनामा संलग्नको पहिचान नभएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अमेरिकामा गोली काण्ड बाट हरेक वर्ष करिब ४० हजार जनाको मृत्यु हुने गरेको छ । यसमा आत्महत्याको संख्या पनि संलग्न छ ।

 

 

footer