kumari
stcnepal

कंगोमा नेपाली शान्ति सेनाको टोली माथि विद्रोहीको आक्रमणमा एक सैनिक घाइते

काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोली माथि विद्रोहीको आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोली माथि विद्रोहीले गोली चलाएका थिए । त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टर मार्फत उद्धार गरेर बुनियाँ स्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

 

 

footer