kumari
stcnepal

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किए

काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षति प्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् । डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिए ।

झण्डै १५ वर्ष अगाडि एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आए सँगै माओवादी पार्टी प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङ बाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार हुन् । माओवादी युद्धमा सक्रिय केही नेता कार्यकर्ताले उनी माथि अवसर लिन माओवादी पार्टीमा आएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए ।

footer