२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष डल्लाकोटी फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किए

936
shares

काठमाडौं । सोमबार नेकपा एमालेमा प्रवेश गरेका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि) मंगलबार फेरि नेकपा माओवादी केन्द्रमा नै फर्किएका छन् । सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा पुगेर एमाले प्रवेश गरेका उनले मंगलबार विज्ञप्ति जारी गर्दै आफू माओवादी केन्द्रमा नै रहेको बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘म भित्र क्षणिक आक्रोश र आवेगमा आई राजनीतिक रुपमा गम्भीर गल्ती कमजोरी हुन गई समग्र पार्टी, बेनिघाट रोराङ र धादिङको पार्टी पंक्तिमा पर्न गएको क्षति प्रति गम्भीर आत्माआलोचना गर्न चाहन्छु’ उनले भनेका छन् । डल्लाकोटी मंगलबार नै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर पार्टीमा फिर्ता हुने तयारी रहेको नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष मनराज भण्डारीले जानकारी दिए ।

झण्डै १५ वर्ष अगाडि एमाले राजनीतिमा सक्रिय डल्लाकोटी माओवादी शान्ति प्रक्रियामा आए सँगै माओवादी पार्टी प्रवेश गरेका थिए । गत स्थानीय तहको निर्वाचनमा धादिङ बाट स्थानीय तहको प्रमुख पदमा निर्वाचित हुने उनी एक्ला उम्मेदवार हुन् । माओवादी युद्धमा सक्रिय केही नेता कार्यकर्ताले उनी माथि अवसर लिन माओवादी पार्टीमा आएको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports