kumari
stcnepal

ओलीले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाइएको भन्दै असन्तुष्टी जनाए

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेस विरोधी नभएको प्रष्टीकरण दिएका छन् । मंगलबार वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा उनले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाइएको भन्दै असन्तुष्टी जनाए ।

‘केपी ओली मधेस विरोधी हो भनेर हल्ला चलाए, केही स्वार्थी साथीहरुले, ६० वर्ष देखि म मधेसमा बसेको छु, इनार कसरी खन्नुपर्छ, चापाकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ । भैंसी राँगाको पिठ्युँमा बसेर भैंसी चराउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ’ उनले भने । अध्यक्ष ओलीले मधेस विरोधी भन्नेहरुको सामुन्ने आफूले मधेसमा चौडा सडक बनाएको र मधेसमै सिँचाइका लागि सुनकोशी मरिण डाइभर्सनको काम सुरु गरेको दावी गरे ।

‘पहिला ढल्केबर बाट मधेस प्रदेशको राजधानी जनकपुर जाँदा अढाइ घण्टा लागेको थियो  र गाडी पनि यति हल्लेको थियो । गाडी पनि झण्डै बिग्रेको थियो र म पनि झण्डै बिरामी भएको थिँए । केपी ओली मधेस विरोधी भन्नेले भन्दै गरे मैले त्यहाँ त्यस्तो बाटो बनाईदिएँ, अहिले २० मिनेटमा ढल्केवर बाट जनकपुर पुग्छ मान्छे’ उनले भने । ओलीले अघि भने, ‘सुनकोशी बन्द गरेर, बाँध बाँधेर, पहाड छेडेर टनेल बनाएर, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख ८५ हजार खेत सिचाई गर्ने मरिण सुनकोशी डाइभर्सन आयोजना, आयोजनाको काम मैले सुरु गरेर काम भइराख्या छ ।’

तराईको खेत सिँचाइ गर्ने, सडक र एयरपोर्ट बनाएको भन्दै ओलीले आफू मधेस विरोधी नभएको दोहो¥याए । ‘तराईका खेत सिँचाइ गर्ने केपी ओली मधेस विरोधी, तराईका बाटा बनाउने, एयरपोर्ट बनाउने केपी ओली अनि मधेस विरोधी ? हल्ला चलाउनेहरुले चलाउँदै गर्छन् तपाईहरुलाई थाहा छ’ उनले भने ।

 

 

footer