२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

ओलीले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाइएको भन्दै असन्तुष्टी जनाए

1.78K
shares

वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू मधेस विरोधी नभएको प्रष्टीकरण दिएका छन् । मंगलबार वीरगञ्जमा आयोजित पार्टीको कार्यक्रममा उनले आफूलाई मधेस विरोधी भनेर हल्ला चलाइएको भन्दै असन्तुष्टी जनाए ।

‘केपी ओली मधेस विरोधी हो भनेर हल्ला चलाए, केही स्वार्थी साथीहरुले, ६० वर्ष देखि म मधेसमा बसेको छु, इनार कसरी खन्नुपर्छ, चापाकल कसरी गाड्नुपर्छ भन्ने थाहा छ । भैंसी राँगाको पिठ्युँमा बसेर भैंसी चराउनुपर्छ मलाई थाहा छ, हलो कसरी जोत्नुपर्छ मलाई थाहा छ’ उनले भने । अध्यक्ष ओलीले मधेस विरोधी भन्नेहरुको सामुन्ने आफूले मधेसमा चौडा सडक बनाएको र मधेसमै सिँचाइका लागि सुनकोशी मरिण डाइभर्सनको काम सुरु गरेको दावी गरे ।

‘पहिला ढल्केबर बाट मधेस प्रदेशको राजधानी जनकपुर जाँदा अढाइ घण्टा लागेको थियो  र गाडी पनि यति हल्लेको थियो । गाडी पनि झण्डै बिग्रेको थियो र म पनि झण्डै बिरामी भएको थिँए । केपी ओली मधेस विरोधी भन्नेले भन्दै गरे मैले त्यहाँ त्यस्तो बाटो बनाईदिएँ, अहिले २० मिनेटमा ढल्केवर बाट जनकपुर पुग्छ मान्छे’ उनले भने । ओलीले अघि भने, ‘सुनकोशी बन्द गरेर, बाँध बाँधेर, पहाड छेडेर टनेल बनाएर, बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका १ लाख ८५ हजार खेत सिचाई गर्ने मरिण सुनकोशी डाइभर्सन आयोजना, आयोजनाको काम मैले सुरु गरेर काम भइराख्या छ ।’

तराईको खेत सिँचाइ गर्ने, सडक र एयरपोर्ट बनाएको भन्दै ओलीले आफू मधेस विरोधी नभएको दोहो¥याए । ‘तराईका खेत सिँचाइ गर्ने केपी ओली मधेस विरोधी, तराईका बाटा बनाउने, एयरपोर्ट बनाउने केपी ओली अनि मधेस विरोधी ? हल्ला चलाउनेहरुले चलाउँदै गर्छन् तपाईहरुलाई थाहा छ’ उनले भने ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports