kumari
stcnepal

अध्यक्ष ओलीले गरे टिकटक प्रतियोगिताको लागि पुरस्कारको घोषणा

काठमाडौं, । नेकपा एमालेको साइबर सर्कलले करीब चार लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन् । ‘समृद्व नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्ने र स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।

 

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरूलाई चर्चित भिडियो प्ल्याटफर्म टिकटकमार्फत नवीनता र सृजनशीलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आह्वान गर्दै उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्न आह्वान गरिएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनोट गरी मस्ट पपुलर र क्रियटिभ दुई विधामा तीन–तीन जनालाई पुरस्कार वितरण गरिने छ । जसमा प्रथमले रू. एक लाख, द्धितीयले रू. पचास हजार र तृतीयले रू. पच्चीस हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतियोगिता चैत्र २१ गतेबाट शुरू भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्ने छ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुने छ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्ने छन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरू लागू हुने साइबर सर्कल प्रमुख भण्डारी जानकारी दिए ।

टिकटक भिडियो २०७८ चैत २१ गतेदेखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्यक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीलगाएत ह्यासट्याग प्रयोग गर्नुपर्ने छ ।

 

footer