प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अध्यक्ष ओलीले गरे टिकटक प्रतियोगिताको लागि पुरस्कारको घोषणा

936
shares

काठमाडौं, । नेकपा एमालेको साइबर सर्कलले करीब चार लाख राशीको राष्ट्रिय टिकटक प्रतियोगिता आयोजना गर्ने भएको छ । आगामी स्थानीय तहको चुनावलाई लक्षित गर्दै एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले सो प्रतियोगिताको घोषणा गरेका हुन् । ‘समृद्व नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य पूरा गर्ने र स्थानीय निकायको चुनावमा एमालेलाई पहिलो पार्टीको रूपमा स्थापित गर्ने उद्देश्यले राष्ट्रिय युवा संघ नेपालको साइबर सर्कल विभागले टिकटक प्रतिस्पर्धाको आयोजना गर्न लागेको हो ।

नेकपा एमालेको विचार तथा सिद्धान्त झल्किने खालका आकर्षक टिकटक भिडियो बनाई नगद पुस्कार जित्न सकिने राष्ट्रिय युवा संघ नेपाल साइबर सर्कल विभागका प्रमुख मदन भण्डारीले जानकारी दिए ।

 

‘नेकपा एमालेको विचारधारा, विकास निर्माणका गतिविधि र पार्टीका सिद्धान्तहरूलाई चर्चित भिडियो प्ल्याटफर्म टिकटकमार्फत नवीनता र सृजनशीलता प्रदान गरी समाजमा प्रस्तुत गर्न आह्वान गर्दै उक्त कार्यमा नेकपा एमालेको कार्य तथा विचार झल्किने खालका टिकटक भिडियो बनाई प्रतियोगितामा सहभागी भई नगद पुरस्कार जित्न आह्वान गरिएको छ ।

प्रतियोगिताबाट उत्कृष्ट भिडियोहरूलाई छनोट गरी मस्ट पपुलर र क्रियटिभ दुई विधामा तीन–तीन जनालाई पुरस्कार वितरण गरिने छ । जसमा प्रथमले रू. एक लाख, द्धितीयले रू. पचास हजार र तृतीयले रू. पच्चीस हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतियोगिता चैत्र २१ गतेबाट शुरू भएको टिकटक प्रतिस्पर्धा वैशाख ३० गतेसम्म चल्ने छ । प्रतिस्पर्धाको अन्तिम नतिजा जेठ ७ गते हुने छ भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पुरस्कार वितरण गर्ने छन् । टिकटक भिडियो बनाउँदा विभिन्न शर्तहरू लागू हुने साइबर सर्कल प्रमुख भण्डारी जानकारी दिए ।

टिकटक भिडियो २०७८ चैत २१ गतेदेखि ०७९ वैशाख ३० गतेसम्ममा अपलोड गरिसक्नुपर्ने, नेकपा एमालेले अघि सारेका योजना र विकासमा आधारित नितान्त व्यक्तिगत रचनात्कम भिडियो हुनुपर्ने, सृजना बढीमा २ मिनेटको हुनुपर्ने, भिडियोमा भोट फर सन्, सीपीएन यूएमएल, साइबर सर्कल नेपाल, आईएम विथ केपी ओलीलगाएत ह्यासट्याग प्रयोग गर्नुपर्ने छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports