kumari
stcnepal

सर्वोच्चको आदेश सँगै राखेप बाट निमित्त सदस्य सचिव कुलबहादुर थापाले दिए राजीनामा

काठमाडौं । सर्वोच्चको आदेश सँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

राखेपमा २७ वर्ष लामो कर्मचारी जीवन बाट राजीनामा दिने निर्णय गरेको थापाले  जानकारी दिए । उनले मंगलबारै घिसिङ समक्ष राजीनामा बुझाएका छन् । सरकारले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय बाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्य सचिवको जिम्मेबारी दिएका थिए । कर्मचारीको रुपमा उनले राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो । थापाले पाँचौं देखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए ।

 

 

footer