नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चको आदेश सँगै राखेप बाट निमित्त सदस्य सचिव कुलबहादुर थापाले दिए राजीनामा

637
shares

काठमाडौं । सर्वोच्चको आदेश सँगै टंकलाल घिसिङलाई राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिवको जिम्मेवारी सुम्पिएर निमित्त सदस्य सचिव कुलबहादुर थापाले राजीनामा दिएका छन् ।

राखेपमा २७ वर्ष लामो कर्मचारी जीवन बाट राजीनामा दिने निर्णय गरेको थापाले  जानकारी दिए । उनले मंगलबारै घिसिङ समक्ष राजीनामा बुझाएका छन् । सरकारले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई १ कात्तिकमा बर्खास्त गर्ने निर्णय गरेको थियो । १२ मंसिरमा टंकलाल घिसिङलाई नयाँ नियुक्ति गरिए पनि सिलवालले सर्वोच्चमा रिट दायर गरेपछि राखेपको कार्यकारी प्रमुख खाली हुन पुगेको थियो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मन्त्रीस्तरीय निर्णय बाट ४ फागुनमा राखेप कर्मचारी थापालाई निमित्त सदस्य सचिवको जिम्मेबारी दिएका थिए । कर्मचारीको रुपमा उनले राखेपका विभिन्न विभागमा प्रमुखको जिम्मेवारीमा रहेर काम गरे । पछिल्लो समय थापालाई प्रतियोगिता तथा योजना विभागको जिम्मेवारी थियो । थापाले पाँचौं देखि आठौं राष्ट्रिय खेलकुद र १३औं दक्षिण एसियाली खेलकुदमा समारोह प्रमुखको जिम्मेवारी पाएका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports