kumari
stcnepal

ओलीलाई अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीको माग

बुटवल । नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति फिर्ता लिन लखन थापा मगर स्मृति प्रतिष्ठान रुपन्देहीले माग गरेको छ ।

प्रतिष्ठानले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै फिर्ता लिन माग गरेको हो । प्रष्ठिानका अध्यक्ष माधवरसिंह सलामी मगरले २०७२ सालमा सरकारले तथ्य प्रमाणका आधार विधि प्रक्रिया पुर्‍याएर प्रथम शहीद घोषणा गरेको ६ वर्षपछि एमाले अध्यक्ष ओलीले अर्कै व्यक्तिलाई प्रथम शहीद बताउनु आश्चर्यजनक र शंकास्पद भएको बताए ।

‘लखन थापालाई प्रथम शहीद घोषणा गरेर हुलाक टिकट प्रकाशन भयो, पाठ्यपुस्तक र सामान्य ज्ञानमा पनि आइसक्यो’, उनले भने, ‘लखन थापा प्रथम शहीद नभएको भए ओली आफैं प्रधानमन्त्री हुँदा खारेज गर्नुपथ्र्यो, अहिले जथाभावी बोल्नुले मगर समुदाय माथि अपमान भएको छ ।’ मगर संघका अगुवा जनक थापा मगरले अध्यक्ष ओलीले आफ्नो अभिव्यक्ति फिर्ता नलिए मगर समुदायले एकीकृत आन्दोलन थाल्ने बताए ।

ओलीले गत १८ गते काठमाडौंमा पार्टी निकट अनेरास्ववियूको कार्यक्रममा नेपालका प्रथम शहीद शहीद बाकाबीर हुन् भनी बोलेको विरोधमा केही दिनयता रुपन्देहीमा दिनहुँ आन्दोलन भइरहेको छ ।

 

 

footer